FAQs Complain Problems

गुलरिया नगरपालिकाको महत्वपूर्ण स्थान कृष्णसार संरक्षण क्षेत्र

Read More

गुलरिया नगरपालिकाको १२ औं नगरसभाको झलक ।

Read More

गुलरिया नगरपालिकाको दशौं नगर सभाको आरम्भ ।

Read More

गुलरिया नगरपालिका नगरकार्यपालिकाको सभाहल ।

Read More

गुलरिया नगरपालिकाको ११ औं नगर सभाको झलकहरु ।

Read More

प्रमुख जिल्ला अधिकारी श्रीमान् नारायण प्रसाद रिसालज्यूको फेरि भेटौला कार्यक्रममा लिएको सामुहिक तस्विर ।

Read More

गुलरिया नगरपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका नेपालका पुराना नगरपालिका मध्ये एक हो । २०५३ साल माघ ११ गते स्थापना भएको यो नगरपालिका २०७३ सालमा राज्यको पुनस्थापना भए पश्चात बर्तमान स्वरुपमा आएको हो । बहुभाषी, बहुधार्मिक, बहु सास्कृतिक मानिसहरुको बसोबास रहेको यो नगरपालिका बास्ताबमा "सयौ थुंगा फुलको माला" जस्तै सुन्दर रहेको छ । मिलाप, सहकार्य, भातृत्व, प्रेम यस नगरपालिका अत्यन्तै सुन्दर पक्ष हुन । बबई/सर्यु नदीको पबित्र काखमा अबस्थित गुलरिया नगरपालिका बास्ताबमै अत्यन्तै सुन्दर छ । बर्दिया जिल्लामा अबस्थित यस गुलरिया नगरपालिकाको आफ्नो छुट्टै ऐतिहासिकता छ र पहिचान छ ।
गुलरिया नगरपालिकामा थुप्रै प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पर्यटकीय क्षेत्रहरु छन् । सास्कृतिक पर्यटन यहाको छुट्टै एक महत्वको बिषय हो । कृष्णसार संरक्षण क्षेत्र, तुलसीपुर सिमसार क्षेत्र, सर्यु नदी करिडोर, कृष्णसार ताल, भागहर ताल, थारु संग्रालय, पर्बतिया मन्दिर, कोटही मन्दिर, बगलामुखी मन्दिर, खण्डबाबा मन्दिर क्षेत्र, गायत्री शक्तिपीठ, नथुनिया बाबा जस्ता अति महत्वपुर्ण ठाउहरु गुलरिया नगर क्षेत्रमा रहेका छन् । यहाँ मधेशी, थारु जातिको छुट्टै आफ्नै सास्कृतिक पहिचान छ भने नेपाली भाषी, अबधी भाषी, थारु भाषी, मगर, नेवार, दलित लगायत सबैको आ -आफ्नै पहिचान सहितको सस्कृति देख्न पाइन्छ । गुलरिया नगरपालिकाका यी अत्यन्तै सुन्दर पक्ष हुन ।
यस नगरपालिकाको कुल जनसङ्ख्या ७४,५०५ रहेको छ । जस मध्य ३६,७२७(४९.३) पुरुष र ३७,७७८(५०.७) महिला रहेको छ भने यसको क्षेत्रफल ११८.२१ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा बढैयाताल गाउँपालिका, पश्चिममा मधुबन नगरपालिका, उत्तरमा बारबर्दिया नगरपालिका तथा दक्षिणमा मित्र राष्ट्र भारतको बहराइच जिल्ला रहेको छ । यहाँको हावापानी अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस रहेको छ भने औसत बार्षिक वर्षा १०५० मि.मि रहेको छ ।

Services

सेवा प्रकारः- विविध
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पंजीकरण अधिकारी
सेवा दिने कार्यालयः- पंजीकरण शाखा
सेवा शुल्कः- दस्तुर नलाग्ने
आवश्यक कागजातहरुः-

१. निवेदक को नागरिकताको प्रतिलिपि

२. बिधवाको लागि श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र र नाता प्रमाणपत्र

३. बसाइसरि आएको भए बसाईसराई प्रमाणपत्र

४. पासपोर्ट साईजको फोटो

५. पूर्ण अपाङ्गताको हकमा महिला तथा बालबालिका कार्यालय बाट जारि गरिएको रातो रंगको परिचयपत्रको प्रतिलिपि

६. जन्म दर्ताको प्रमाणपत्र

सेवा प्रकारः- विविध
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पंजीकरण शाखा प्रमुख
सेवा दिने कार्यालयः- पंजीकरण शाखा
सेवा शुल्कः- बसाइसराइ भएको ३५ दिन भित्र निशुल्क, म्याद नाघी आएमा रु २०० जरिवाना
आवश्यक कागजातहरुः-

बाहिर बाट आउनेको हकमा उक्त स्थानबाट बसाईसरि आएको प्रमाण

निवेदकको नेपाली नागरिकताको प्रमाणपत्र

घरमुलीको नागरिकता

परिवारको सदस्य संख्या धेरै भएमा जन्म मिति खुल्ने प्रमाण

सेवा प्रकारः- विविध
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सूचना अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिका सूचना शाखा
सेवा शुल्कः- सुचना को प्रकृति तथा मात्रा हेरी रु. ५ देखि रु. १००० सम्म
आवश्यक कागजातहरुः-

तथ्यांक तथा सुचना मागको निवेदन 

सम्बन्धित वडाको सिफारिस

सेवा प्रकारः- राजस्व
सेवा समयः- तेही दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- घर भाडाको आधारमा
आवश्यक कागजातहरुः-

नगरपालिकाको आर्थिक एन बमोजिम

सेवा प्रकारः- राजस्व
सेवा समयः- सोहि दिन वा निवेदन दर्ता भएको २ दिन भित्र
जिम्मेवार अधिकारीः- राजस्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- स्थानीय आर्थिक एन मा तोकेको नियम अनुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित निवेदक को नागरिकताको प्रतिलिपि

घरेलु तथा साना उद्धोग कार्यालय को पत्र

बहालमा बसेको भए सो गैर नागरिक भए सोको घर धनि संग सम्झौता पत्र

चार किल्लाको संघियार हरुको सम्झौता पत्र

सम्बन्धित वडाको सिफारिस

चालु आ.ब. को सम्पूर्ण कर तिरेको प्रमाण

सेवा प्रकारः- वार्ड_कार्यालय
सेवा समयः- कानुनको म्याद भित्र
जिम्मेवार अधिकारीः- प्रशासन प्रमुख
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर- १५
आवश्यक कागजातहरुः-

निवेदक को पत्र फिराद पत्र सरह हुनेछ|

निवेदक को नागरिकता प्रमाणपत्रको प्रतिलिपि

अन्य कुनै प्रमाण भए सोको प्रतिलिपि

लिखित प्रतिउत्तर

चालु आ.ब.को सम्पत्ति कर तिरेको रसिद 

सेवा प्रकारः- वार्ड_कार्यालय
सेवा समयः- सोहि दिन सर्जमिन हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन भित्र निःशुल्क म्याद नाघी आएमा दस्तुर रु २००, आवश्यकता अनुसार सर्जमिन दस्तुर रु. १००
आवश्यक कागजातहरुः-
  1. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
  2. दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
  3. यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ । 

 

सेवा प्रकारः- प्रशासन
सेवा समयः- सोहि दिन सर्जमिन गर्नु परेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय/ प्रशासन
सेवा शुल्कः- निःशुल्क, सर्जमिनको हकमा दस्तुर रु. १००
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र,
  2. बाबु/आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  3. जन्मदर्ताको प्रमाण, उपलब्ध भएमा शैक्षिक प्रमाण पत्र ।
  4. निवेदकको दुवै कान देखिने फोटो ।
  5. विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, पति, बाबु/आमाको नागरिकता प्रमाणपत्र ।
  6. बसाई सराई गरी आएको हकमा बसाई सराई सम्बन्धी प्रमाणपत्र ।
  7. नेपालमा विवाह भई आएको भारतीय महिलाको हकमा आधार कार्ड, रासन कार्ड, भोटर कार्ड, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
  8. अंगीकृत नागारिकताको हकमा साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु लिएर आफ्नो वडा कार्यालयमा जानु पर्छ ।
  • नागरिकता प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपि । 
  • नागरिकता प्रतिलिपि दस्तुर रु. २००
सेवा प्रकारः- नक्सा फाँट
सेवा समयः- १-३ दिन
जिम्मेवार अधिकारीः- इन्जिनियर
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- ५००, ८००, १५००
आवश्यक कागजातहरुः-

1. जग्गा धनि प्रमाणपत्र

२. घर कर तिरेको रसिद

३. घर निर्माण को नक्सा

४. सम्पति कर तिरेको रसिद

५. लाल पुर्जा प्रमाण पत्र

जानकारी

User login