FAQs Complain Problems

नेपाली नागरिकताको सिफारिसका लागि आवश्यक कागजात र प्रक्रिया

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सर्जमिन गर्नु परेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय/ प्रशासन
सेवा शुल्क: 
निःशुल्क, सर्जमिनको हकमा दस्तुर रु. १००
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र,
  2. बाबु/आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  3. जन्मदर्ताको प्रमाण, उपलब्ध भएमा शैक्षिक प्रमाण पत्र ।
  4. निवेदकको दुवै कान देखिने फोटो ।
  5. विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, पति, बाबु/आमाको नागरिकता प्रमाणपत्र ।
  6. बसाई सराई गरी आएको हकमा बसाई सराई सम्बन्धी प्रमाणपत्र ।
  7. नेपालमा विवाह भई आएको भारतीय महिलाको हकमा आधार कार्ड, रासन कार्ड, भोटर कार्ड, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
  8. अंगीकृत नागारिकताको हकमा साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु लिएर आफ्नो वडा कार्यालयमा जानु पर्छ ।
  • नागरिकता प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपि । 
  • नागरिकता प्रतिलिपि दस्तुर रु. २००