सुचना
विवाह दर्ताको लागि आवश्यक कागजात र प्रक्रिया
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन सर्जमिन हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
घटना भएको ३५ दिन भित्र निःशुल्क म्याद नाघी आएमा दस्तुर रु २००, आवश्यकता अनुसार सर्जमिन दस्तुर रु. १००
आवश्यक कागजातहरु:
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
- दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
- यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
प्रक्रिया:
विवाह दर्ताका लागि सुचक बन्न सक्ने व्यक्ति
- विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक बन्न सक्दछन् । यदि दुई मध्ये कुनै एक उपस्थित हुन नसकेमा अनुपस्थित हुनेले अधिकृत वारेसनामा लिई दर्ता गराउन सकिनेछ ।
- विवाह दर्ता गर्नु पूर्व पति वा पत्नीको मृत्यु भएमा विवाह प्रमाणित गरी पति पत्नीको नाता कायम गराउनु पर्दछ ।
- मुलुकी देवानी संहिता २०७४ अनुसार बालविवाह र बहुविवाह कानुनतः दर्ता नहुने गरी र वाल विवाहको हकमा दुवै केटा केटीको उमेर २० वर्ष पूरा गरेर मञ्जुर भई आएमा दर्ता गर्न सकिन्छ ।
- नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेको हकमा अदालतबाट दर्ता विवाह गरे पश्चात दुवै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गएर विवाह दर्ता गर्न सकिनेछ ।
- विदेशी नागरिकको हकमा सम्बन्धित देशको नेपालस्थित दुतावास वा सो व्यक्तिको देशको नियोगले सिफारिस गरेको कागजात लिएर जानुपर्दछ ।