FAQs Complain Problems

गुलरिया नगरपालिकाको महत्वपूर्ण स्थान कृष्णसार संरक्षण क्षेत्र

Read More

Farming and Green Environment is our main introduction

Read More

गुलरिया नगरपालिकाको दशौं नगर सभाको आरम्भ ।

Read More

गुलरिया नगरपालिकाले आगामी आर्थिक बर्ष ०८०।०८१ का लागि नीति तथा कार्यक्रम पेश गरिएको दशौं नगर सभा ।

Read More

गुलरिया नगरपालिकाले दशौं नगर सभाको झलकहरु ।

Read More

संक्षिप्त परिचय

तत्कालिन गुलरिया मथुराहरद्वार, साबिक माेहम्मदपुर गा.बि.स. र खैरापुर गाविस लाई मिलाएर वि.स. २०७३ सालमा गुलरिया नगरपालिकाको घोषणा भएको हो| कुल घरपरिवार संख्या 13831 रहेको यस न. पा मा कुल जनसंख्या 71991 रहेको छ जस मध्ये 36972 पुरुष र 35019 महिला रहेका छन् | गुलरिया नगरपालिका तराई क्षेत्रमा पर्दछ र समुन्द्र सतह देखि १४५ मि उचाईमा रहेको छ | यो नगरपालिका लुम्बिनी प्रदेशको बर्दिया जिल्ला मा पर्दछ|

दरभाउ पत्र स्वीकृतको लागि छनोट गर्ने आशयको सूचना !!!

Services

सेवा प्रकारः- विविध
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पंजीकरण अधिकारी
सेवा दिने कार्यालयः- पंजीकरण शाखा
सेवा शुल्कः- दस्तुर नलाग्ने
आवश्यक कागजातहरुः-

१. निवेदक को नागरिकताको प्रतिलिपि

२. बिधवाको लागि श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र र नाता प्रमाणपत्र

३. बसाइसरि आएको भए बसाईसराई प्रमाणपत्र

४. पासपोर्ट साईजको फोटो

५. पूर्ण अपाङ्गताको हकमा महिला तथा बालबालिका कार्यालय बाट जारि गरिएको रातो रंगको परिचयपत्रको प्रतिलिपि

६. जन्म दर्ताको प्रमाणपत्र

सेवा प्रकारः- विविध
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पंजीकरण शाखा प्रमुख
सेवा दिने कार्यालयः- पंजीकरण शाखा
सेवा शुल्कः- बसाइसराइ भएको ३५ दिन भित्र निशुल्क,म्याद नाघी आएमा रु ५० जरिवाना
आवश्यक कागजातहरुः-

बाहिर बाट आउनेको हकमा उक्त स्थानबाट बसाईसरि आएको प्रमाण

निवेदकको नेपाली नागरिकताको प्रमाणपत्र

घरमुलीको नागरिकता

परिवारको सदस्य संख्या धेरै भएमा जन्म मिति खुल्ने प्रमाण

सेवा प्रकारः- विविध
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सूचना अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिका सूचना शाखा
सेवा शुल्कः- सुचना को प्रकृति तथा मात्रा हेरी रु. ५ देखि रु. १००० सम्म
आवश्यक कागजातहरुः-

तथ्यांक तथा सुचना मागको निवेदन 

सम्बन्धित वडाको सिफारिस

सेवा प्रकारः- राजस्व
सेवा समयः- तेही दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- घर भाडाको आधारमा
आवश्यक कागजातहरुः-

नगरपालिकाको आर्थिक एन बमोजिम

सेवा प्रकारः- राजस्व
सेवा समयः- सोहि दिन वा निवेदन दर्ता भएको २ दिन भित्र
जिम्मेवार अधिकारीः- राजस्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- स्थानीय आर्थिक एन मा तोकेको नियम अनुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित निवेदक को नागरिकताको प्रतिलिपि

घरेलु तथा साना उद्धोग कार्यालय को पत्र

बहालमा बसेको भए सो गैर नागरिक भए सोको घर धनि संग सम्झौता पत्र

चार किल्लाको संघियार हरुको सम्झौता पत्र

सम्बन्धित वडाको सिफारिस

चालु आ.ब. को सम्पूर्ण कर तिरेको प्रमाण

सेवा प्रकारः- वार्ड_कार्यालय
सेवा समयः- कानुनको म्याद भित्र
जिम्मेवार अधिकारीः- प्रशासन प्रमुख
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर- १५
आवश्यक कागजातहरुः-

निवेदक को पत्र फिराद पत्र सरह हुनेछ|

निवेदक को नागरिकता प्रमाणपत्रको प्रतिलिपि

अन्य कुनै प्रमाण भए सोको प्रतिलिपि

लिखित प्रतिउत्तर

चालु आ.ब.को सम्पत्ति कर तिरेको रसिद 

सेवा प्रकारः- वार्ड_कार्यालय
सेवा समयः- सोहि दिन सर्जमिन गर्नु परेमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर- १५, दस्तुर रु १५०, सर्जमिन दस्तुर रु. २००
आवश्यक कागजातहरुः-

पति पत्नीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 

सम्बन्धित वडाको वडा अध्यक्ष को सिफारिस

चालु आ.व. को एकिकृत सम्पति कर तिरेको रसिद

 

सेवा प्रकारः- प्रशासन
सेवा समयः- सोहि दिन सर्जमिन गर्नु परेमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय/ प्रशासन
सेवा शुल्कः- निवेदन दस्तुर- १५, दस्तुर रु १५०, सर्जमिन दस्तुर रु. २००
आवश्यक कागजातहरुः-

निवेदक को पिता वा पतिको नागरिकताको प्रमाणपत्र को प्रतिलिपि

पिता वा पतिको मृत्यु भएको भए नजिकको हकदारवालाको नागरिकताको प्रतिलिपि

आवस्यक परेमा सर्जमिन सहितको सिफारीस पत्र

मृतकको नाता प्रमाणित प्रतिलिपि

शैक्षिक योग्यता प्राप्त भए सोको प्रमाणपत्रको प्रतिलिपि

जन्म वा विवाह दर्ता प्रमाणपत्र

निवेदकको दुवै कान देखिने फोटो

बैवाहिक नागरिकताको लागि विदेशी नागरिकता परित्यागको लागि कारवाही चलाएको प्रतिलिपि तथा पतिको नागरिकता को प्रतिलिपि

सम्बन्धित वडाको वडा अध्यक्षको सिफारिस

सेवा प्रकारः- नक्सा फाँट
सेवा समयः- १-३ दिन
जिम्मेवार अधिकारीः- इन्जिनियर
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- ५००, ८००, १५००
आवश्यक कागजातहरुः-

1. जग्गा धनि प्रमाणपत्र

२. घर कर तिरेको रसिद

३. घर निर्माण को नक्सा

४. सम्पति कर तिरेको रसिद

५. लाल पुर्जा प्रमाण पत्र

जानकारी

User login