FAQs Complain Problems

लैंगिक उत्तरदायी बजेट परिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

गुलरिया नगरपालिकाबाट मिती २०७३/११/१० गते नगरपालिका सर्वदलिय संयन्त्रका पदाधिकारी गुलरिया नगरपालिकाका कर्मचारी र सामाजिक परिचालकहरुका लागी जेण्डर बजेट अडिट सम्बन्धि १ दिवशिय अनुशिक्षण कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रमका लागी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको अार्थिक सहयोग  रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक श्री बिष्णु नेपालीले गर्नुभएको थियो । कार्यक्रममा सहजीकरण गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत श्री रामचन्द्र पौडेल सामाजिक परिचालन शाखाका प्रमुख श्री घनश्याम अधिकारी र कार्यक्रम संयोजक श्री बिष्णु नेपालीले गर्नुभएको थियो ।